News
नेपाल एयरलाइन्सले घटायो भाडा
काठमाण्डाै – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले पनि मूल्य समायोजन गरेको छ । आज विज्ञप्ति निकालेर निगमले वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको जनाएको हो ।नियमित उडान सुरु भएपछि अरू गन्तव्यको हवाई भाडा पनि समायोजन गरिने निगमले जनाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने निर्णय गरेसँगै वायु सेवा निगमले भाडा घटाएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो ।
घटाउने निर्णय गरेको थियो । यसअघि नेपालमा भरिने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अत्यधिक महँगो भएको भन्दै वायु सेवा निगमले मूल्य समायाेजनका लागि आग्रह गर्दै आएको थियो ।