HealthNews

को’रोना संक्रम’ण बाट मुटु रोग विशेषज्ञ डाक्टर बिकास सुवेदीको मृ’त्यु , स्वास्थ्य क्षेत्रमा ठुलो क्षति

काठमाडौं-मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोभिड-१९ को संक्रमणबाट नि’धन भएको छ । आइतबार राति ११:५७ मा ४२ वर्षीय डा. सुवेदीको ह्याम्स अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो ।

डा. सुवेदी सञ्चालक एवं निर्देशक रहेको कोटेश्वरस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालको व्यवस्थापन हेरिरहेका चिकित्सक डा. अमृत भुसालले उनको हिजो राति ११:५७ मा ह्याम्स अस्पतालमा नि’धन भएको पुष्टि गरे ।डा. सुवेदीमा २५ दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार गरिएको थियो ।

यो पनि पढ्नुहोस् , आइतवार अचानक प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव जारी गरेपछि राजनीतिमा हलचल भएको छ । अब माधव नेपाल पक्षको निर्णय के आउँछ भन्नेमा सबैको चासो छ ।

ओलीले आफु जेठ २ को अवस्थामा पार्टीलाई फर्काएन तयार भएको घोषणा सहित शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता लिने विश्वास गरेको बताएका छन् ।

यसले ओलीका विपक्षमा बलियो बन्दै गएको गठबन्धनमा पनि प्रभाव पर्ने देखिएको छ । आइतवारको ओलीको निर्णयपछि रणनीति बनाउन सोमवार विहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड नेकपा एमालेका नेता माधव नेपाललाई भेट्न पुगेका छन् । सोमबार बिहान नेता निवास कोटेश्वरमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको स्रोतले जानकारी दियो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले २०७५ जेठ २ को अवस्थामा फर्किन आफू तयार रहेको भन्दै आइतबार ६ बुँदे प्रस्ताव ल्याएपछि दुवै नेता छलफलमा जुटेका हुन् ।

Related Articles

Back to top button