News

एक युवकले ६ जना युवतीलाई एकसाथ गर्भवती बनाएपछि…

काठमडाौँ   /  नाइजेरियाका प्रिटी माइक नामक एक पुरुषले एकसाथ आफ्ना ६ जना प्रेमिकालाई गर्भवती बनाएका छन् ।  उनको खास नाम माइक इजी न्वाली न्ओगु हो । गत नोभेम्बरमा अभिनेता विलियम्बस उचेम्बोको विवाह समारोहमा उनले आफ्ना ६ जना गर्भवती प्रेमिकालाई सँगै लगे । विवाह समारोहमा आफुसँगै लगेका ६ जना गर्भवती प्रेमिकाको गर्भावस्थाको पेट उनले सुम्सुम्याएको तस्वीर निकै भाइरल बनेको थियो ।

उनले आफू र आफ्ना ६ गर्भवती प्रेमिकाको तस्वीर इन्स्टाग्राममा पोष्ट गर्दै आफूहरु निकै उत्कृष्ट जीवन बिताइरहेको बताएका छन् ।

स्मरण रहोस् केही वर्षअघि नाइजेरियाको राजधानीको सडकमा केटीहरुलाई कुकुर जस्तै घुँडा टेकाएर परेड खेलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

यी नाइजेरियन प्ले ब्वायले लागोस नाइट क्लब सञ्चालन गर्दछन् । उनी निकै धनी छन् र पैसा पनि मनग्गे खर्च गर्दछन् । साथै उनले निकै महंगा ब्राण्डका कपडाहरु प्रयोग गर्नुका साथै सुपर कारहरु चढ्दछन् । (एजेन्सी)

Related Articles

Back to top button