काठमाडौं, जेठ २३ : एक दम्पतिको हप्ता दिनको अन्तरमा नि’धन भएको छ । कोरोना संक्रमणका कारण उनीहरुको मृ’त्यु भएको हो । झापा बिर्तामोडमा श्रीमानको मृ’त्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै नि’धन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृ’त्यु भएको थियो ।
उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा “मृत्यु भएको हो । श्रीमानको निधन भएको एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृ’त्यु भएको छ । बस्नेतको उपचारको क्रममा दिउँसो मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।
पहिला श्रीमान गणेशबहादुरलाई काठमाण्डौ जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बस्नेतले जानकारी दिए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।