EntertainmentVideo

गायक तथा सर्जक बाल कुमार श्रेष्ठको निकै मिठो गीत “बिउ खायो चल्लैले” सार्वजनिक (भिडियो सहित)

पछिल्लो युवा पुस्ताका चर्चित गायक बालकुमार श्रेष्ठको नयाँ गित सार्वजनिक भएको छ ।आइतबार ओखलढुंगामा जन्मिएका गायक श्रेष्ठ र कविता खत्रीको आवाजमा ‘विऊ खायो चल्लैले’वोलको गित सार्वजनिक भएको हो । गायक श्रेष्ठका धेरै गितहरु बजारमा छन् जसमध्ये सिलौटो,फुलमति,आत्महत्या लगायत दर्जनौ गितहरु सुपरहिट छन् ।

स्मिता स्नेहा इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको गीतमा बालकुमार श्रेष्ठको लयशब्द रहेको छ ।
त्यस्तै सुनिल क्षेत्रीको निर्देशनमा भिडियो बजारमा आएको हो ।भिडियोमा मोडेल गीता ढुंगाना र निर्देशक सुनिल क्षेत्री कै अभिनय देख्न सकिन्छ ।

अन्य समाचार पार्टी एकताको लागि प्रधानमन्त्रीको ६ बुँदे प्रस्ताव ( आह्वानपत्रसहित) काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई कायम राख्नको लागि आफू २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्कन तयार रहेको स्पष्ट पारेका छन् । आज राति नेकपा एमालेको एकताको लागि आह्वान गर्दै उनले ६ बुँदे प्रस्ताव समेत अघि सारेका छन् । पहिलो बुँदामा उनले नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाईने उल्लेख गरेका छन् ।

ओलीले प्रस्तावको बुँदा नम्बर ४ मा भने आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाईयोस भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको (नेकपा) एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ भनेर उल्लेख गरेका छन् । तर, आज मात्रै सार्वजनिक गरिएको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरको स्थायी कमिटीको बैठकमा प्रस्ताव गरिएको कुरामा रिट निवेदनबाट हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने उल्लेख गरिएको छ ।

Related Articles

Back to top button