EntertainmentNews

नायिका रीमा विश्वकर्माको दोस्रो विवाह गर्ने तयारीमा, को हुन् उनका हुनेवेला वेहुला ?

चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चा अझै सेलाएको छैन । उनीहरुको विभिन्न मिडियामा अन्तरवार्ताहरु आइरहेका छन् । विवाहित नायीकाहरु पनि धमाधम आमा बन्दै छन् । त्यसैले नायीका रीमा विश्वकर्मालाई पनि अब आफ्नो जिवनमा पनि कोही भैदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ । उनले विवाहको बारेमा आफुले पनि सोच्न लागेको संकेत गरेकी छन् ।

पहिलो विवाह भएको २ बर्षमा सम्बन्ध विच्छेद गरेर बसेकी रीमाले दोस्रो विवाहका बारेमा कुरा गरेकी हुन् । अब भने आफ्नो पनि कोही साथी भैदिए हुन्थ्यो भन्ने लाग्न थालेको उनले बताएकी छन् । तर उनी विशेष खालको सम्बन्धको पर्खाइमा छन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको संकेत गरेकी हुन् । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी उनले आफ्नो ब्यक्तिगत जिवनका बारेमा पनि खुलाएकी हुन् ।

उनलाई कार्यक्रमकै अर्का होस्ट गौडेलले जिस्क्याउने गरेका छन् । उनी आफैले अब विवाह गर्दा हुने भन्दै प्रशंग उठाएकी थिइन् । अब मेरो विवाहको पनि कुरा गर्ने वेला भइसक्यो उनले कुराको उठान गर्दै भनेकी छन् । तर, यस वाहेक उनले अन्य योजनाको बिषयमा भने केही पनि बताउन चाहिनन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने बताइन् ।

कोही पनि पूर्ण रुपमा ठिक नहुने भन्दै उनले कहिलेकाही कमजोर महशुश गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता महशुष भएको बताइन् । उनको विचारमा यही नै अर्थपूर्ण सम्बन्ध हो । आफुले एकपटक बिहे गरेर सबै कुरा थाहा पाइसकेँको भन्दै आफ्ना लागि बिहे महत्वपूर्ण नभएको तर्क राखेकी रीमाले अर्थपूर्ण सम्बन्धको पर्खाइमा आफु रहेको बताएकी छन् । अर्को बिहे आफ्नो कहिले गर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने उनको भनाई थियो ।

Related Articles

Back to top button