भारतमा ब्राजिलवाट आयो नयाँ भेरियन्ट, ७ दिनमै तौल घटेर आधा बनाउँछ
काठमाडौ । विश्वव्यापी भएको महामारीमा विभिन्न भेरियन्ट फेला परेको थाहा पाइएको छ । व्राजिलवाट आएको नयाँ भेरियन्टले शरिरको तौल ७ दिनमा आधा भन्दा धेरै घटनाउने गरेको देखिएको थियो । जसको लक्षण संक्रमित भएको ७ दिन पछि मात्र देखिएको चिकित्कसहरुले बताएका छन् । अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ भेरिएन्ट भेटिएको खुलासा भएको हो । यसले ७ दिनमै बिरामीको वजन आधा घटाउने गरेको देखिएको छ ।
भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको र अहिले भारतमा पनि संक्रमित फेला परेको हो । त्यहाँबाट एकमात्रै भेटिएन्ट aL.11.28.2 भारत आएको पुष्टि भएको थियो । अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरको छन् । उनीहरुका अनुसार यो दोस्रो बेरिएन्ट निकै तेज छ ।
संक्रमित भएको सात दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ । यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले धेरै गम्भीर बनाउँछ र एन्टीबडी क्षमता पनि कम गर्नसक्छ ।
पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईवी) का डाक्टर प्रज्ञा यादवका अनुसार भेरिएन्ट विदेशबाट आएका दुई व्यक्तिमा भेटिएको थियो । भारतमा अहिले यो भेरिएन्ट खासै नफैलिए पनि सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् ।