News
बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस्
काठमाडौं / आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
शुक्रबार तोलाको ९३ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।