News

कोरोना संक्रमणबाट ३६ बर्षिया तामाङको निधन

जिल्लाको दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमणबाट एक महिलाको निधन भएको छ । गाउँपालिकाको वडा नं २ बोलगाउँकी ३७ वार्षिया रामकुमारी तामाङको निधन भएको हो । दुप्चेश्वरमा कारोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

मृतक तामाङको गत जेठ २० गते एण्टिजने परिक्षण गरिएको थियो । एण्टिजेनमा कोरोना संक्रमण पोजेटिभ देखिएको र कोराना सँग मिल्ने लक्षण समेत भएका कारण उनलाई थप परिक्षण र स्वास्थ्योपचारका लागि समुन्द्रटार स्थित (आइसोलेसन) होल्डिङ सेण्टरमा ल्याउन खोजिएको थियो । तर उनले आउन मनेकी थिईनन ।

आज उनको घरमै रहेको अवस्थामा निधन भएको हो । पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले सवै वडाहरुमा पालैपालो घुम्तिटोली मार्फत कोरोना परिक्षण गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिए

जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ३३७ जनामा गरिएको परिक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।

जिल्लामा हाल ९४४ जना सक्रिय संक्रमित रहेको खनालले बताए। जसमध्ये अस्पतालमा ३३ जना,आइसोलेशन सेन्टरमा ७२ जना र होम आइसोलेशनमा ८३९ जना रहेकोे जिल्ला स्वास्थ्य कार्यालयद्वारा प्रकाशित दैनिक प्रतिवेदनमा उल्लेख छ। ( तस्बिर : नुवाकोट एक्प्रेस )

Related Articles

Back to top button