News

लकडाउनमा समस्या परेका कलाकारलाई म्युजिक भिडियो कलाकार संघले सहयोग गर्ने ( सम्पर्क नम्बर सहित )

कोभिड:१९ महामारीले निम्त्याएको अहिलेको विशेष परिस्थितिले सम्पूर्ण क्षत्रमा नकारात्मक असर परिरहेको कुरा हामीहरु सबैमा अवगत नै छ। त्यसमाथि सिमित आयस्रोत भएका र वैकिल्पिक रोजगारीक व्यबस्था नभएका कलाकार साथीहरु महामारीको कारण धेरै नै प्रभावित हुनुभई सहयोगको अनुरोध सहित हाम्रो सम्पर्कमा आइरनु भएको छ।

म्युजिक भिडियो कलाकार संघ नेपालमा आवद्ध हुनुभएका कलाकारहरु पिडामा पर्दा संस्थाको तर्फबाट सकेसम्मको सहयोग गर्ने उदेश्यले हामीहरुले सहयोग अभियान अगाडी बढाउने कोसिस गरेका छौ। यही समयमा संसार भर रहनु भएका नेपाली कला र कलाकारका शुभचिन्तक ज्युहरुको पनि सहयोगको लागि हात अगाडी बढाउने चाहना देखाउनु भएको छ। यही अबस्थालाई मध्यनजर राख्दै हामीहरुले संस्थागत संलग्नाता र पदाधिकारी मित्रहरुको व्यक्तिगत पहल समेतमा अप्ठ्यारोमा पर्नुभएका कलाकार साथीहरुलाई कुनै किसिमका राहात आवस्यक परेमा तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

सम्पर्क फोन :

९८४९४४६३३८- सुनिल लामिछाने,महासचिव म्युजिक भिडियो कलाकार संघ नेपाल

९८४९४४६३३८ -देबेन्द्र छेत्री,कोशाध्यछ-म्युजिक भिडियो कलाकार संघ नेपाल

Related Articles

Back to top button