News

दिपेश थापाको पहिलो गित”चिया सस्तो छ”युटुब ट्रेडिङमा(भिडियो)

काठमाडौं । पछिल्लो समय नेपाली गित संगीतको बजार निकै नै आकाश छोएको छ । सामाजिक सन्जाल सहजीकरण भएकै कारण तथा टिकटकका कारण छोटो समयमा लोकप्रियता कमाउने कलाकारको बढ्दो क्रमामा रहेको छ । यसै सन्दर्भमा पछिल्लो समय बाघको साथि भनेर भाईरल भएका बाल कलाकार दिपेश थापा निकै नै लोकप्रियता कमाई रहेका छन् । केहि समय अगाडी निकै नै चर्चा कमाई रहेका मिडियामा थापा यतिबेला निकै नै चर्चाको सिखरमा पुगेका छन् । रायमाझी परिवारले स्टुडियोसम्म पुर्याएर एउटा गित रेकर्ड समेत गरिसकेका बाघको साथि थापाको स्वरमा गित सार्वजनिक भइसकेको छ ।

बिशाल रायमाझीको अफिसियल युटुबबाट सार्वजनिक भएको गीतमा दिपेश थापा,बिशाल रायमाझी,शर्मिला रायमाझी,हरिमाया रायमाझी,दिपेन थापा र लाईभ दोहोरि बाल गायिका आयुषा गौतमको स्वरमा रहेको गित“चिया सस्तो छ”गित सार्वजनिक भएको २४ घण्टा नपुग्दै गीतको चौतर्फी चर्चासंगै युटुब ट्रेडिङमा आईसकेको छ । बिशाल रायमाझीको शब्द संगीत रहेको गीतको संगीत संयोजन बिश्वास नेपालले गरेका हुन् ।

मारुनी स्टुडियोमा रेकर्ड भएको म्युजिक भिडियो निर्देशन तथा सम्पादन राजकुमार मगरले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका हुन् । म्युजिक भिडियोमा एलिना रायमाझी,बबिन सिङ ठकुरी,अर्जुन कुवर,सृजना खनाल,सुन्दर बोहोरा,बिबेक रायमाझी,बिष्णु ढकाल र रमिता बोहोरा लगायतका कलाकारको अभिनय रहेको छ ।

Related Articles

Back to top button