EntertainmentInternationalNews

शाहरुख खानकी छोरी सुहाना खानलाई अकस्मात के भयो यस्तो? (तस्वीर हेर्नुहोस्)

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै चर्चामा आउने गर्छिन् । बलिउडमा प्रवेश सँगै उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन् । हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ । साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पराएका छन् । पछिल्लो समय सुहानाका तस्बिर र भिडिओले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छन् ।

शाहरुख खानकी छोरी सुहाना खानले २१ औं जन्मदिन मनाएकी छिन् । सन् २००० मे २२ मा सुहानाको जन्म भएको थियो। जन्मदिनमा आमा गौरी खानले उनलाई इन्स्टाग्राममा जन्मदिनको शुभकामना दिँदै भनेकी थिइन्,‘तिमीलाई आज, भोली र सँधै माया गर्छु छोरी।’

यसैबीच सुहानाले पनि २१ वर्षमा टेकेभन्दै इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेकी छिन् । जुन निकै भाइरल बनिरहेको छ । सुहानाको दाई र भाई पनि छन् । दाईको नाम आर्यन खान हो, उनी २३ वर्षका भइसके । यस्तै भाई अब्रम खानको उमेर ७ वर्ष पुगेको छ । सुहाना साथै आर्यनले बलिउडमा चाँडै डेब्यु गर्ने चर्चाहरु पनि भइरहन्छन् ।

Related Articles

Back to top button