NewsVideo

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर…… (भिडियो)

कास्कीको पोखरा महानगरपालिका–२२ , पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री)को विवाह रुपन्देहीमा भएको थियो । । तर विवाह गरेको २७ दिनमै उनको रहस्यम निधन भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग विवाह भएको २७ दिनमै दुखद घटना भएको हो । उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् ।

जेठ १४ गते दिउँसो दुईदेखि साढे दुई बजेको बीचमा केटाका परिवारले फोन गरेर उनी नरहेको खबर सुनाएका थिए । पहिला बिष्णुलाई पखला लागेको छ भनियो । त्यसपछि माइतीले तत्काल अस्पताल लैजानु भनेपछि उनको झु ण्डि एर मृत्यु भएको हो भनेर जानकारी दिएको माइती पक्षले जनाएका छन् ।

घरको माथील्लो तल्लामा श्रीमान श्रीमती सुत्ने कोठा खुल्ला छ । संगैको कोठामा श्रीमान मोवाईल खेलाउँदै बसेको बताइन्छ । माथि कोठामा गएर हेर्दा झु ण्डि एको देखे पछि आफूहरुले पा सो फु का एर मुखमा पानी राखी दिएको परिवारले जनाएको छ ।

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले दे ह त्या ग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् ।

Related Articles

Back to top button