मकै पोलेर गुजारा गर्ने आमा दुई दिनदेखि भोकै (हेर्नुस् भिडियो )
यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।मान्छेलाई रोगले त सतायो नै त्यो भन्दा बढि नहुने बर्गलाई भोकले सताएको छ ।
कल्पना खड्का जो उमेरले ४६ बर्षकि हुनुभयो ।कालो पुल नजिकै मकै बेचेर आफ्नो ज्यान पाल्दै आएकि उनी कोरोनाको निषेधाज्ञा सगै अहिले घरको साघुरो कोठामा थन्किन बिबस छिन् ।आफू धेरै हिड्न पनि नसक्ने भएको भएर मकै हातमा लिएर डुलाउदै हिड्ने अवस्थामा पनि नभएको भन्दै उनी गुनासो गर्छिन् ।
त्यति मात्रै कहाँ होर आर्थिक स्थिति एकदमै नाजुक भएसगै दुई दिनबाट आफू भोकै बस्दै आएको र आज भने दुई किलो बाकि चामल लिएर आएको उनी बताउँछन् ।आफुलाई श्रिमानले छोड्नुको पीडा त अर्को छदै छ ।कठै दिदी ,आजको यश शृङ्खलामा तिनै दिदिको व्यथा तपाईहरु समक्ष पेश गर्दैछौ ।