News

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

सरकराले अहिले महामारीको रुपमा फैलिरहेको कोभिड १९ को महामारीको तेस्रो र चौथो लहर समेत आउने सम्भावना रहेको जनाएको छ। सो सम्भावना रहेको जनाउँदै सरकारले त्यो लहरविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तेस्रो र चौथो लहरमा बालबालिकाहरु बढी संक्रमित हुन सक्ने सम्भावना रहेकाले त्यसविरुद्ध लड्नका लागि आवश्यक तयारी गर्न सरकारी र निजी स्वास्थ्य संस्थालाई पत्राचार गरेको छ।

मन्त्रालयले पत्राचार गर्दै ती संस्थाहरुलाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न भनेको छ।

‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैय्याको कम्तिमा २० प्रतिशत शैय्या कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ।’

यसका साथै मन्त्रालयले अस्पतालहरुलाई अक्सिजनको समेत व्यवस्थापन गर्न पत्राचार गरेको छ।



Related Articles

Back to top button