NewsVideo

म्याग्दीमा चमत्कार! मुटुको चाल बन्द भै सकेको बिरामीलाई यसरी बचाए डाक्टरले (भिडियो सहित)

म्याग्दीको बेनीमा चमात्कार भएको छ । मुटुको चाल बन्द भैसकेको विरामीको ज्यान डाक्टरले बचाएका छन् । ती बिरामी खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा अकस्मात मुटुको चाल बन्द भयो ।

बेनी नगरपालिका–६,डम्बराका ५५ बर्षिय ती मधुमेहका बिरामीको मुटुको चाल अचानक बन्द भएको थियो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ उनको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो ।

नियमित चेकजाँचको क्रममा डा. नवराज बस्ताकोटीले बिरामीको मुटुको चाल अचानक बन्द भएको देखेपछि स्वास्थ्यकर्मीको सहयोगमा करिब ८ मिनेट सिपिआरको माध्यमबाट काम गर्न छोडेको मुटुलाई जगाउन सफल हुनुभयो ।

दोस्रोपटक करिब ३० सेकेण्ड मुटुको चाल बन्द भएपछि डा. बस्ताकोटी, डा. डालिम काफ्ले सहित स्वास्थ्यकर्मीको टोलीले १६ मिनेट सिपिआर विधिबाट पुनः होस फर्काउने कार्यमा सफलता मिल्यो ।

बिरामीको अवस्थालाई हेर्दा बाँच्ने आस मा रि सकेको अवस्थामा समेत चमत्कारी सुधार भएको डा. बस्ताकोटीले बताउनुभयो । ‘दुई पटक मुटुको चाल बन्द भयो, पहिलोपटक सुधार भएपछि दोस्रोपटक झन जटिल समस्या देखिएपछि आस मा रे पनि जगाउने प्रयास गरियो’डा. बस्ताकोटीले भन्नुभयो ।

उहाँका अनुसार बिरामीमा चमत्कारी सुधार आएको छ। हृदय घा त भएर ढ ले का बिरामीको मुटुलाई पनि यो उपचार विधिबाट पूर्ववत् अवस्थामा फर्काउन सकिने भएकाले यसका बारेमा थप जानकारी दिने डा. बास्ताकोटीको योजना छ ।

शरीरमा र क्त सञ्चार भएर बिरामीको ज्यान जोगिने विधि भएकाले यस बारेमा सन्देश फैलाउने डा. बस्ताकोटीले बताएको समाचार बेनी अनलाईनमा हरिकृष्ण गौतमले लेखेका छन् । तस्वीर र भिडियो सहितको समाचार हामीले बेनी अनलाईनबाट साभार गरेका हौं ।

Related Articles

Back to top button