आहा!! दुनियाँकै सुन्दर युवतीको देश पाकिस्तान , जान्नुहोस् यस्ता रह’स्यमय तथ्यहरु । (भिडियो हेर्नुहोस)
आहा!! दुनियाँकै सुन्दर युवतीको देश पाकिस्तान , जान्नुहोस् यस्ता रह’स्यमय तथ्यहरु । (भिडियो हेर्नुहोस) भिडियो समाचार को अन्यमा छ हेर्नुहोला “यो पनी पढौं” : विदेशबाट फर्किएकालाई क्वारेन्टाइन बस्नको लागी तोकियो ७८ होटलहरू ; मूल्य कति? सरकारले विदेश बाट फर्कने नेपालीहरुलाई राख्नको लागी ७८ ओटा होटललाई क्वारेन्टाइनको रुपमा सुचिकृत गरेको छ! विदेश बाट फर्किएका नागरिकलाई सिधै घर पठाउँदा समुदाय स्तरमा कोरोना मा’हामा’री फैलन सक्ने जो’खिमलाई न्यूनीकरण गर्न विदेश बाट नेपाल फर्कनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पर्ने नियम बनाएको छ !सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।
पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको हो । विभागले आज जारि गरेको गरेको सूचीमा रहेका होटललाई यात्रुले प्लेन टिकट काट्दा नै क्वारेन्टिनका लागि बुक गर्नुपर्ने छ ।विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका १० होटलमा अन्य ६८ वटा थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो । ठमेल, सुन्धारा, कलंकी क्षेत्रका होटललाई भने क्वारेन्टिन नबनाउने निर्णय गरिएको छ । हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको छ ।
कुन कुन होटल छन् सरकारी लिस्टमा ?
सरकारले सांग्रिला, होटल र्याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई क्वारेन्टिन रुपमा तोकेको छ । यि होटलहरुमा २५ भन्दा बढी कोठा क्वारेन्टाइनको रुपमा संचालन गर्न व्यवसायीहरु सहमत भएका छन् ! त्यस्तै चारतारे स्तरका होटल शंकर र होटल हिमालयसमेत क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् ।तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा समेत यात्रुले क्वारेन्टिन बस्न सक्ने छन् । यो संगै यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् । रिसोर्टमा बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ । पर्यटकस्तरीय होटेलमा धुलिखेल लज रिसोर्टलाई यो सूचिमा राखिएको छ ।
होटलमा क्वारेन्टाइन बस्दा कति पैसा तिर्नुपर्ला?
चिन, कतार, टर्की र भारत बाट नेपाल प्रवेश गर्नेले अनिवार्य रुपमा होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएपछि खाडीमा कार्यरत श्रमिकहरुमा होटलको खर्च के कति हुने हो भन्ने कुराको चिन्ता देखिएको छ !३०-४० हजारमा मजदुरी गर्ने मजदुरले महँगो होटलको खर्च कसरी धान्न सक्छन भन्ने प्रश्न पनि उठेको छ ! आज पर्यटन विभागले क्वारेन्टाइनको रुपमा सुचिकृत गरेका तारे होटलहरुले मूल्य आफै तोक्नेछन भने अन्य होटलहरुको मूल्य दैनिक ३००० तोकिएको छ!
के के हुन्छन सेवा सुबिधा ?
तोकिएको ३००० मध्ये बाट बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत पर्छ । क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैंचा हुनुपर्छ । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनका लागि समेत पर्याप्त स्थान भएको हुनुपर्ने शर्त राखिएको छ ।
होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था गर्नुपर्छ । होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्छ । होटलले सामूहिक रुपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रुपमा बन्द गरेको हुनुपर्छ । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ । आहा!! दुनियाँकै सुन्दर युवतीको देश पाकिस्तान , जान्नुहोस् यस्ता रह’स्यमय तथ्यहरु । (भिडियो हेर्नुहोस)