News

जाँदाजाँदै रवी लामिछानेले खोले मुख !- अन्तिम र मुख्य रिपोर्टमा नै कैचि लाईयो (भिडियो सहित)

काठमाण्डौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने न्यूज २४ टेलिभिजनमा अन्तिम कार्यक्रम गर्दै विदा भएका छन् । सो टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका उनी आज अन्तिम कार्यक्रम गरेर बिदा भएका हुन ।

जाँदाजाँदै उनले ५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लागेको बताएका छन र आफ्नो अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्टमा नै कैचि लागेको बताएका छन । आज फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले यस्तो बताएका हुन ।

उनले फेसबुकमा लेखेका छन,- “दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै का,टिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।”

त्यस्तै जाँदाजाँदै उनले सञ्चारमाध्यममा बोल्दै आफू देशको लागी प्रधानमन्त्री बन्न तयार भएको बताएका छन – हेर्नुहोस् भिडियो

Related Articles

Back to top button