शुक्रबार ६ हजार ६५३ जना नयाँ कोरोना संक्रमित थपिए
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ८१३ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१४ हजार १८२ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ६२४ र ६ हजार ६३१ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ६५३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ६६३ संक्रमित निको भए, १०१ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६६३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ६६३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ७६ हजार १३० पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ५५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ८१३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३१ लाख २१ हजार १२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १०१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।