म परदेशी हुनुको पी’डा:घडीको सुई घुमिरहेको छ , रात पनि आधा हुन लागिसक्यो बिहानै काममा जानु छ
आजकाल समाचार पढ्दा मन दरिलो बनाउन पर्ने अवस्था छ । कुन बेला कस्तो अपत्यारिलो समाचार आउने हो, पत्तो हुँदैन । कोरोनाको कारण कति बेला आफ्नाहरूको फोटोमा श्रद्धा’ञ्जली देख्न पर्ने हो कि भनेर मन ड’राउँछ । किनकि अहिले मृ’त्युको लहर चलेको छ । अलिकति जाने माने हस्तीको मृ’त्यु भएको खबरले पुरै सञ्चार माध्यम छाएको छ । ठुला मानिसको मृ’त्युको मिडियामा ठाउँ पाउनु ठिक पनि हो । देशको लागि आफ्नो जीवनको खुसी छोडी अरूको सेवामा लाग्नेहरू हाम्रो लागि महान् हुन् ।यस्तै समाचार फेसबुकमा घुम्दै गर्दा मन खि’न्न भइन्छ । आफू परदेश भए पनि देश र गाउँ ठाउँमा भएका यी घ’टनाले मन पो’ल्छ । नजिक हुनेलाई भन्दा टाढा हुनेलाई नै मायाले बढी पो’ल्छ भनेको यही होला सायद ।
केही दिन अघि फेसबुक म्यासेन्जरमा म्यासेज एउटा आयो । म्यासेज देख्नासाथ रिप्लाई गरिहालेँ । ‘के भनेको, होइन होला’ मेरो रिप्लाई यस्तो थियो ।कुरो पक्का नै हो भन्छन्, उप’चार आफ्नो सहरबाट बाहिर हुँदा हामी पहिला नै हल्ला गर्नु पनि भएन, घर ल्याएपछि जानकारी गराउँछु, म्यासेज फेरि आयो ।मनले मानेन कुरो के रहेछ भन्ने खुल्दुली भयो । अनि अर्को साथीलाई म्यासेज गरेँ ।साथीले पनि त्यही कुरा नै भन्यो । एक छिन् त सपना जस्तो पनि लाग्यो ।
मनमा उहाँसँगको सम्झनाहरू उर्लिन थाले । त्यति बेला हाम्रो विद्यालयमा कक्षाहरू तपिँदै थियो । नयाँ कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई आउने बा’धा अर्चन हाम्रो सामुन्ने थिए । हामी पढ्ने विद्यार्थी थियौँ । उहाँ हामीलाई पढाउने गुरु हुनुहुन्थ्यो । गुरु त सबै सम्मानित नै हुनुहुन्छ । हामी सबैलाई सम्मान गर्छौँ । जसले हाम्रो मार्गदर्शन गर्नुहुन्छ । विशेष गरी अध्ययन,अध्यापनदेखि विद्यालयमा हुने अन्य क्रियाकलापमा पनि विशेष ध्यान दिने हुँदा उहाँलाई हामी खूब मन पराउँथ्यौँ । एकातिर विद्यालयलाई माध्यमिक बनाउने हाम्रो स’ङ्घर्ष जारी अर्कोतिर पढाइमा पनि राम्रो गर्नु थियो ।
सभा, बैठक नियमित जस्तो हुन्थ्यो । यस्तो विकट परिस्थितिमा हामी थियौँ । कैयन साथीभाइ हामी र हाम्रो विद्यालयलाई छोडी पढ्न अन्त गइसकेका थिए । हामी विद्यालय प्रेमीहरू त थियौँ नै तर कतिका त आफ्ना बा:ध्यता पनि थिए । विद्यालयलाई साथ दिएका थियौ । हाम्रो गुरु सँगसँगै, बालुवा काठ पात कति बोक्यौँ । समकालीन अभिभावक र साथी भाइलाई थाहा छ । उहाँको हामी प्रतिको भ’रोसा अनि हाम्रो उहाँ प्रतिको आस्था दुवै मिली विद्यालयमा सहकार्य र पठनपाठन चलेको थियो ।
समयसँगै हामी लड्’दै, उठ्दै, विद्यालय पनि माध्यमिक भयो । हामी नै एसएलसीको लागि पढ्ने पहिलो विद्यार्थी बन्ने अवसर पनि पायौँ । एसएलसी सकिएपछि पनि मलाई केही समय विद्यालयसँग जोडिने मौका मिलेको थियो । समय परिस्थिति अनुसार त्यो निरन्तर हुन नसके पनि आफू पढेको विद्यालय र गुरुको स’म्बद्ध भने रहिरहेको छ । निरन्तर रहने पनि छ । यी कुराहरू मनमा खेल्दै थिए ।
घडीको सुई घुमिरहेको छ । रात पनि आधा हुन लागिसक्यो । बिहानै काममा जानु छ । तर सम्झनाका यी लहरलाई थाती राख्दै निदाउन कोसिस गरेँ । तर मेरा आँखा निदाउन मानेनन् । लाग्यो सम्झना पनि जीवन रहेछ । सायद सम्झना थिएन भने मलाई दु:खाउने पनि थिएन । सोच्दा सोच्दै निदाएछु । साथीले बिहान काममा जाने होइन र भन्दै बोलाउँदा पो झसङ्ग भएँ ।
छिटो छिटो उठेर नित्य कर्म गरी कामतिर लागेँ । खाडीमा प्रचण्ड गर्मी छ । काम गर्न यसै त कठिन हुने । झन् निद्रा नपुग्दा गा’ह्रो हुने रहेछ । जसोतसो दिन काटेँ । डिउटी सकिएपछि सधैँ जसो थ’कित शरीर लिएर कोठामा पुगेँ । मन भा’री भइरहेको छ । फेसबुकमा हिजोको खबर पुष्टि भई सकेको थियो । जताततै मेरो गुरुको तस्बिर घुमिरहेको छ ।
मैले मेरो जीवनमा एक गुरु गु’माए भनेर मनले पत्याउन मानिरहेको छैन । नारायण भन्नुहुन्छ कि जस्तो मात्र लागिरह्यो । तर मेरो झझल्को अब यो जुनीमा सही साबित हुनेवाला थिएन । किनकि सत्य यही थियो उहाँको फोटोमाथि धेरैले श्र’द्धाञ्ज’ली लेखिसकेका छन् । तर म कसरी लेखूँ । सत्यलाई नकार्न सकिँदैन । सत्य मेरै अघिल्तिर थियो ।आफैंलाई पढाउने गुरुको अपत्यारिलो मृ’त्युले मलाई त’र्सायो । झलझली आँखामा उहाँको सम्झना आइरह्यो । उहाँसँग भएको अ’न्तिम संवाद सम्झिए ।
उहाँले भन्नुभएको थियो, ‘नारायण यसपालि तिमी घर आउँदा धेरै कुराहरू गर्नु छ ।’ फोनमै भए पनि तपाईँको मनको कुरा मलाई भनेको भए हुन्थ्यो नि गुरु । तर के गर्नु उहाँ मनको कुरा मनैमा लिएर जानुभयो । सायद यो नै म परदेशी हुनुको पी’डा भयो । कोरोनाले धनी गरिब, ठुला साना, आफ्नो पराइ कसैलाई बाँकी राखेको छैन । ती सबै मृ’त आत्मालाई सम्झँदै म मेरो रामजी गुरुलाई पनि भन्न चाहन्छु तपाईँको चेलाले तपाईँ र तपाईँले दिएको ज्ञानलाई कहिले बिर्सने छैन । अलविदा गुरु ।(नारायण कोइराला ,पाल्पाका नारायण कोइराला अहिले खाडीको देश यूएईमा कार्यरत हुनुहुन्छ । (उज्यालो बाट साभार )