News

दुई दिनमै २ छोराको लगातार मृत्यु पछि आमाले पनि छोडिन् संसार : कान्छा छोरा मृत्यु जितेर फर्किए

काठमाडौ । महामारीको समयमा विभिन्न जिल्लामा एउटै परिवारवाट धेरै मानिसको मृत्यु भएको छ । दागं, बाँके पछि उदयपुरमा पनि त्यस्तै घटना भएको छ । संक्रमित भएका आफ्ना दुई जवान छोराको लगातार मृृत्यु पछि आमाले पनि संसार छोडेकी छन् । संक्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो।

विहिवार बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कान्छा छोरा भने को रोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए।

यसरी एउटै घरका दुई छोरा र आमाको को रोनाका कारण मृत्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताए । जिल्लामा को रोनाबाट मृत्यु हुनेको संख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

Related Articles

Back to top button