News

ह्वात्तै घट्यो सुनको भाउ : तोलाको कति पुग्यो हेर्नुहोस् ।

काठमाण्डाै / सुनचाँदीको भाउ आज घटेको छ । सुनकाे भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनकाे भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो ।

गएको आइतवार सुन तोलाको ९४ हजार रुपैयाँ थियो । सोमवार दुई सय रुपैयाँले बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार तीन सय रुपैयाँले बढेर ९५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको भाउ स्थिर रहेर तोलाको ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो । यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । गएको आइतवार चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

Related Articles

Back to top button