काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ७६ हजार नाै सय ३६ पुगेकाे छ । अहिले एक लाख एक हजार आठ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।गएकाे २४ घण्टामा पाँच हजार नाै सय चार जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या चार लाख ६७ हजार चार सय ६७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।यस्तै कोरोना सङ्क्रमणका कारण थप ७५ जनाको ज्या:न गएसँगै नेपालमा काेराेनाका कारण ज्या’न गुमाउनेकाे सङ्ख्या सात हजार ६ सय ३० पुगेकाे छ ।