प्रकाश पराजुली र देबि घर्तीको आवाजमा नयाँ गीत “मनले खाएको” सार्वजनिक (भिडियो सहित)
काठमाडौं –प्रकाश पराजुली र देबि घर्तिको आवाजमा नया गीत “मनले खाएको”सार्बजनिक भएको छ।
नेपाली गीत संगीतको बजारमा एक पछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा दोहोरी अन्तर्गत नेपालकै पहिलो अनि ठूलो रियालिटी सो दोहोरी च्याम्पियनका बिजेता सुमधुर स्वर तथा शब्दका धनी गायक प्रकाश पराजुली र गायिका देबि घर्तीको आवाजमा नयाँ गीत “मनले खाएको” सार्बजनिक भएको हो।
उक्त गीत “प्रकाश पराजुली”नामक अफिसियल युट्युब च्यानल बाट बजारमा आएको हो।पछिल्लो समय बजारमा नेपाली गीत संगीतहरु चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।
यसै सन्दर्भ कयौ गीत संगीत हरुले राम्रो बजार पाएको छ साथै दर्शक श्रोताहरुबाट माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै गीतहरु संगीतहरु आउनेक्रम बढेको छ । माया प्रेमका कथा बिषय बस्तुले समेटिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।
लोकप्रिय गायक प्रकाश पराजुली र देबि घर्तीले गाएको उक्त गितमा गायक पराजुलिकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा माया प्रेमकै कथा विषयवस्तु दर्शाईएको छ ।
सुनिल क्षेत्रीको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको गितको म्युजिक भिडियोमा सुनिल क्षेत्री,आयुष्मा कार्किको फिचर एवम् अभिनय रहेको छ ।
अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलको छायांकन एवम् बिकाश ज्ञावलिको सम्पादन रहेको छ ।
गीतको पूरा भिडियो हेर्नुहोस