News

आज थप ६,८२५ जनामा कोरोना संक्रमण पुष्टि, ५,९०४ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो घण्टामा देशभर ६,८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१८,५६२ जनाको पीसीआर र ३,२११ को एन्टीजेन परीक्षणमा ६,८२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५,९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button