EntertainmentVideo
पशुपति शर्मा र देवी घर्तिको “बाग्लुङको बसैमा” चर्चामा (भिडियो सहित)
काठमाडौं – लोकप्रिय गायक पशुपति शर्माको आवाज रहेको नयाँ गीत बाग्लुङको बसैमा भर्खर मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा शर्मालाई आवाजमा देवी घर्तीले साथ दिएकी छन् ।
दीपक कँडेलको शब्द सिर्जना रहेको गीतमा गणेश अधिकारीले लय सिर्जना गरेका छन् भने जेरी भण्डारीको निर्देशन रहेको छ ।
सागर लम्साल र गिता ढुङ्गानाको अभिनय रहेको गीतमा पोखरा देखि बागलुङ सम्मको रमणिय दृश्य समावेश गरिएको छ ।