HealthNews

कोरोनाका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको ग्राण्डी अस्पतालमा निधन

काठमाडौ । महामारीले अर्का एक विशिष्ट ब्यक्तिलाई पनि लगेको छ । संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । मेडिकल कलेजका प्रशासकीय प्रमुख कमल ढकालका अनुसार संक्रमित रहेका डा पशुपति रजौरियाको मृत्यु भएको हो । उनी अस्पतालमा जनरल फिजिसियनका रुपमा कार्यरत थिए । सो क्षेत्रमा चर्चित रहेका उनलाई उपचारार्थ भर्ना गरिएको थियो ।

ढकालले केही दिन अगाडि डा रजौरियाको को रोना रिपोर्ट भने नेगेटिभ आएको तर उनको शरिरमा संक्रमणले सुधार हुन नसक्ने प्रभाव पारेका कारण निधन भएको ढकालले बताएका छन् । डा रजौरियालाई संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएको हो ।

महामारिको दोस्रो लहरसँगै मेडिकल कलेजमा भर्ना भएका संक्रमितको उपचारमा समेत सक्रिय रुपमा काम गरेका डा। रजौरियाको निधनले महामारीको समयमा मेडिकल कलेजलाई मात्र नभई मुलुकलाई नै ठूलो क्षती भएको अस्पतालले जनाएको छ ।

डा रजौरियालाई संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । उनको काठमाडौको ग्राण्डी अस्पतालमा उनको उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो ।

विगत २५ दिनदेखि  संक्रमण भई काठमाडौंमा उपचार गराईरहेका डा रजौरियाको बुधवार राति सवा ९ बजे निधन भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईरहेका रजौरियाको उपचारकै क्रममा नेगेटिभ आएको थियो । तर, पछि उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । २० दिनसम्म भेन्टीलेटरमा राखेर उनको उपचार गरिएको तर, बचाउन नसकिएको डाक्टरहरुले बताएका छन् ।

Related Articles

Back to top button