काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पहिलो पटक सामाजिक सञ्जाल फेसवुकमा भिडियोमा सार्वजनिक भएका छन् । संक्रमित भएर अस्पतालवाट घर फर्किए पछि पूर्वराजाले पूर्वरानी कोमललाई साथमा राखेर फेसवुक लाइभ गरेका छन् ।
उनीहरुले विहिवार सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश जारी गरेका छन् । संक्रमित भएर लामो समय नर्भिक अस्पतालमा उपचार पछि घर फर्किएका उनीहरुले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गरेका हुन् । उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गरेर देश र विदेशवाट चिन्ता चासो राख्नेहरु प्रति कृतज्ञता ब्यक्त गरेका छन् ।
महामारीमा अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र अन्य समाजसेवीहरुलाई धन्यवाद दिएका छन् । महामारीमा आफ्नो ज्यानको जोखिम राखेर काम गर्नेहरु प्रति आफुहरु कृतज्ञ रहेको पूर्वराजा ज्ञानेन्द्रले बताएका छन् । उनीहरुले आफ्नो छोरीको फेसवुक पेज मार्फत भिडियो सन्देश जारी गरेका छन् ।
अहिले आफुहरु दुवैजना पूर्ण स्वास्थ्यलाभको क्रममा रहेको भएपनि देश भित्र र बाहिरको महामारीको अवस्था प्रति चिन्तित भएको बताएका छन् । यसलाई नियन्त्रण गर्नका लागि आफ्नो संकल्प र वाहिरको सहयोगको आवश्यक पर्ने भएकाले प्राप्त सहयोगको लागि पनि पूर्वराजाले धन्यवाद दिएका छन् । उनले सुरक्षित सावधान र सावधान रहन पनि पूर्वराजाले आग्रह गरेका छन् । उपचारका क्रममा रहेकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै निधन भएकाहरु प्रति चिर शान्तीको कामना गरेका छन् ।