Intresting

बढेर आयो खाना पकाउने ग्यासको मूल्य

काठमाडौं, १७ फागुन-नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ ।

निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

अन्य समाचार / काठमाडौं । दश वर्षिय माओवादी सशस्त्र युद्ध र २०६२\०६३ को आन्दोलनको बलमा राजतन्त्र इतिहास बन्यो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट प्रजा बने । शालिन स्वभावमा राजगद्दी र राजसंस्थालाई छाडेर शाह बाहिरिएको १६ वर्षपछि उनी सत्तामा फर्किने मनशाय पाल्न थालेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राजसंस्थाको माग गर्दा गर्दै विभाजनदेखि राजसंस्था छाड्नेसम्म पुगि सक्यो । तर, शाह भने अब सत्ता र शक्तिमा फर्किने दाउ हेरेर बसेका छन् ।

कम्युनिष्ट पार्टीको सदस्य बनिसकेका दुर्गा प्रसाईँ राजा फर्काउने अभियानमा जोडिएपछि राप्रपा र राजेन्द्र लिङ्देनले के गर्लान ? यो चासोको विषय बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले बेलाबेलामा विज्ञप्ति जारी गर्ने र राजनीतिक दलको कामकारबाहीप्रति असन्तुष्टी जनाउदै आएका छन् । उनले जनाउने असन्तुष्टीमा दलका नेताहरुले आलोचना पनि गर्छन् ।

राजा ल्याउने भन्दै कमल थापाले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियान नै चलाए । पार्टी नफुटाउने भन्दै गीतामा हात राखेर कसम खाएका कमल थापाले राजसंस्थामात्रै छाडेनन, उनले गीता छोएर खाएको कसम नै तोड्दै पार्टी नै विभाजन गराए ।

ज्ञानेन्द्रले आफूलाई पार्टी अध्यक्ष बन्न रोक्न हरेक प्रयास गरेको आरोप लगाएका कमल थापा पछिल्लो समय छिट्टफुट्टबाहेक राजसंस्था फर्किनेमा विश्वास राख्न छाडेका छन् ।

यता, राप्रपाको नेतृत्वमा आएका राजेन्द्र लिंङ्देन राजसंस्था ल्याउनुपर्ने माग जतिधेरै जोडबलले गर्छन, उनका कार्यशैली एकपछि अर्को गर्दै पूर्वराजपरिवारले मन नपराउने किसिमका हुने गर्छन् ।

यहि तथ्यलाई बुझ्न एमाले केन्द्रिय सदस्यबाट कारबाही भोगेका व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रमलाई हेर्नुपर्छ । प्रसाईँले ज्ञानेन्द्र र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम नै गरे ।

ज्ञानेन्द्रसँग सम्बन्ध चिसिदै गएपछि राप्रपा झस्किएको त थियो नै, सरकारमा जाने नजाने विषयकै विवादका कारण पार्टी फूटउन्मुख नै देखिएको थियो ।

सरकारमा गएर राजा र राजसंस्थाबारे बोल्नै नसक्ने अवस्था बनेपछि राप्रपाका केहि नेताहरु आन्तरिक रुपमै विकल्प खोज्ने तयारीमा जुटेका थिए ।

यस्तो अवस्था बनेपछि राजनीतिक छलाङ मार्न तम्सिएका व्यवसायी प्रसाईँले लघुवित्त, बैंक लगायतले ऋण प्रवाह र व्याजमा मनोमानी गरेको आरोप लगाउदै आन्दोलनको घोषणा गरे ।

त्यहि आन्दोलनको लेपमा प्रसाईँ एमालेबाट कारबाही भोगेपछि राजा फर्काउने अभियानमा औपचारिक रुपमै सक्रिय भएका छन् ।

Related Articles

Back to top button