Intresting

ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ? हेर्नुहोस्

काठमाण्डाै ।

हिजो स्थिर रहेको सुनचाँदीको भाउ आज भने बढेको छ । आज सुनको भाउ तोलामा एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको छ । यो भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको एक हजार दुई सय ७० रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको हो ।

अन्य समाचार / काठमाडाैं ।

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरको भाउ २७ पैसाले ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। यसअघि मंगलबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसा बढेको छ। मंगलबार युरोको खरिदमूल्य १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा कायम गरिएको थियो।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसा तोकिएको छ। यो मूल्य मंगलबारको तुलनामा ३ पैसाले बढेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

यस्तै, बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ४४ पैसा तोकिएको छ। मंगलबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५८ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ १६ पैसा तोकिएको थियो ।

बुधबार क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ २८ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ।उता, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३२ पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १० पैसा तोकिएको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ५४ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९० पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८६ पैसा कायम गरिएकाे छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६२ पैसा तोकिएको छ।

Related Articles

Back to top button