News

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।

बुधबार तोलाको ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ७५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button