News

मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? १५० सीसीको मोटरसाइकलमा यतिधेरै छुट

काठमाडौं । नेपालमा विक्री हुँदै आएको हान्वे ब्राण्डको १५० सीसी क्षमताको नयाँ मोटरसाइकलमा २० हजार रुपैयाँ छुट दिएर बुकिङ लिइरहेको छ । ३ लाख ३५ हजार मूल्य निर्धारण गरेर विक्री भइरहेको हान्वे ब्राण्डको ‘फ्यूरियस १५०’ मोटरसाइकलमा २० हजार रुपैयाँ छुट हुने भएको हो ।

हान्वेका मोटरसाइकल नेपाली बजारमा मोटर एभिन्यू प्रालिले ल्याएको हो । कम्पनीले १५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकल नेपालमा उपलब्ध गराउँदै आएको छ ।

झट्ट हेर्दा क्लासिक लुक्स र मस्कुलर डिजाइनमा आएको नेकेड मोटरसाइकल फ्यूरियस १५० ले जो कोहिलाई लोभ्याउन सक्ने किसिमको रहेको छ । यसमा दिइएको १४९.१ सीसी क्षमताको इन्जिनले १० हजार आरपीएममा ११ हर्स पावर र ८००० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ ।

१४ लिटरको निकै ठूलो र आकर्षक फ्यूल ट्याङ्क दिइएको यो मोटरसाइकलले प्रतिलिटर ४० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

आधुनिक एलइडी हेडल्याम्प, एलइडी टेल्याम्प, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, आल्मुनियम आर्म रेष्ट जस्ता फिचरको कारण यो मोटसाइकलले धेरैको रोजाइमा पर्ने दाबी कम्पनीले गरेको छ ।फ्यूरियो १५० मा दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, १७ इन्चको अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

Related Articles

Back to top button