फेरि ह्वात्तै घट्यो सुनको भाउ : तोलाको कति छ ? हेर्नुहोस्
काठमाडाैं ।
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
अन्य समाचार / काठमाडौं महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनः भरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं. १५ बाट सुरु गरिसकेको छ ।
उक्त कार्यका लागि कामपाले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । “सुरुआतमा कामपाको ३२ वटै वडामा कति ढुङ्गेधारा छन्, कतिमा पानी नियमित रुपमा आउँछ, कतिमा आउँदैन, पानी पुनः भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ, यो अध्ययनको मुख्य उद्देश्य कामपाको सबै ढुढुङ्गेधारामा नियमित रुपमा पानी आउने बनाउनु हो”, प्रवक्ता मानन्धरले भन्नुभयो ।
उहाँका अनुसार ढुङ्गेधारा प्रणालीसँग सहरी विकासको शृङ्खला जोडिएको छ । सहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुन:भरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।
अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ ।
यस्तै, प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिने कामपाले जनाएको छ ।
स्मारक तथा अन्य क्षेत्रमा भएका ढुङ्गेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्बिर सङ्ग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिने छ । कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी सङ्कलन तथा पुनःभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिस पनि गर्नेछ ।
अध्ययन विशेषगरी कामपको भित्री वडा जहाँ ऐतिहासिक ढुङ्गेधाराको सङ्ख्या बढी रहेको स्थानसहित ३२ वटै वडामा रहेका ती सम्पदाको तथ्याङ्क र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो समय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुङ्गेधाराको संरक्षणको काम भने गरिरहेको छ ।
आगामी दुई वर्षसम्ममा उक्त ऐतिहासिक सम्पदाको अध्ययनको काम सक्ने गरी कामपा र इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य अघि बढाएको हो । जहाँ विशेषत काठमाडौंका ढुङ्गेधारा र भूमिगत पानी पुनस्र्थापनाका लागि अध्ययन हुन्छ । विगतमा ढुङ्गेधाराकै पानीको भरमा काठमाडौंवासी बाँचेका भए पनि पछिल्लो समय मानिसको बाक्लो बस्ती र अन्य विभिन्न कारणले गर्दा यसको प्रयोग र महत्त्व भने घट्दै गएको छ । हाल कामपामा रहेको ढुङ्गेधारा केहीमा मात्रै पानी आउँछन् भने धेरै ढुङ्गेधाराहरुमा संरक्षण र सरसफाइ बिना अलपत्र छन् ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्त्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको भए पनि यसको संरक्षणमा ध्यान नपुगेको कारण संरक्षण गर्न लागिएको कामपाको जानकारी दिएको छ ।
पानीको अभाव झेलिएको अहिलेको अवस्थामा नगरवासीलाई विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुङ्गेधारा संरक्षणबाट हुन सक्ने कामपाको विश्वास छ । ढुङ्गेधारा हिजोआज मात्रै विकास भएको इतिहास होइन यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको छ । लिच्छवी राजा मानदेवका नाति भारविको पालामा बनेको काठमाडौंको हाँडीगाउँको ढुङ्गेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ ।
उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौं उपत्यकाको टोलटोलका रहेको ऐतिहासिक ढुङ्गेधारा लुँहिटी, मरुहिटी, थँहिटी, क्वहिटी, वहहिटी आदि नामले प्रचलित छन् । जुन नेवारी भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएका छन् । रासस