HealthNews

१८ वर्षीय अशोक जसले अस्पतालको शैयाबाट आफ्नो ज्यानको भिख मागे

बागलुङ । घाँस का ट्ने क्रममा रुखबाट ख से र ग म्भी र घाइते भएका बागलुङ नगरपालिका-१३ पैञ्युपाटाका १८ वर्षीय अभिषेक रोकाको उपचार खर्च अभाव भएको छ । पहिले अस्पतालको बेड नपाएर ४ वटा अस्पताल घुमेका रोकाको अस्पताल भर्नापछि उपचार खर्च भएको हो । कोभिड–१९ संक्रमण भएका बिरामीको उपचार भइरहेकाले बेड नरहेको भन्दै ग म्भीर घाइते रोकालाई अस्पतालहरुले भर्ना लिन मानेका थिएनन् ।

रोका गत बुधबार घाँस काट्ने क्रममा चिउरीको रुखबाट खसेका थिए । टाउको, घाँटी र शरीरका विभिन्न अंगमा ग हि रो चो ट लागेका रोकाको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । घाईते रोकालाई परिवारले धौलागिरी अस्पताल बागलुङ ल्याएका थिए । आकस्मिक कक्षमा समेत शैया र अक्सिजनको अभाव रहेको भन्दै अस्पतालले उनलाई पोखरा पठाएको थियो ।

पोखराको मेट्रोसिटी अस्पतालले समेत टाउकोको एमआरआई गरेर गण्डकी अस्पताल पठाएको परिवारका एक सदस्यले बताए । शैया र अक्सिजनको कारण देखाउँदै अस्पतालहरुले भर्ना लिन नमानेपछि रोका परिवार समस्यामा थियो । सरकारी स्वामित्वको गण्डकी अस्पतालले समेत आकस्मिक कक्षमा उपचार नहुने भन्दै फेवा सिटी अस्पताल पठाएको थियो । निजी अस्पतालमा उपचार गराउँदा महंगो शुल्क लाग्ने र परिवारको सामान्य आर्थिक अवस्था रहेकाले उपचार खर्च अभाव भएको रोकाकी आफन्त बिष्णु खत्रीले बताइन् ।

‘पहिले अस्पतालहरुले फनफनी घु माए, टाउकोमा र ग त ज मि सकेकाले अप्रेसन गरेको छ,’ खत्रीले भनिन् ‘होसमा आएपछि घाँटीको पनि अ प्रेसन गर्नुपर्छ भनेका छन्, खर्च कहाँबाट जुटाउनु ।’ रोकालाई छिमेकीको सहयोगमा पोखरा पु-याइएको थियो । खर्च अभावका कारण १८ वर्षको किशोर जोगाइदिन अपिल गर्नुपरेको खत्रीले बताइन् । समयमा उपचार पाएको भए खर्च कम हुने उनको तर्क थियो । अभिषेकका बाबु कृष्ण रोका र आमा सरस्वती रोका दुवैले कृषिकर्म गरेर घर चलाउँदै आएका छन् । परिवार र छिमेकीले अभिषेक रोका बचाउ अभियान चलाएका छन् ।

Related Articles

Back to top button