Video

सपनामा आएर निराले साने भन्दै बोलाउँछे, उसको तस्वीर र कपडा हेर्दै रुदै कुरा गर्छु (भिडियो सहित)

लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुपर्‍याे । गत वर्ष उनी आफैँले गाएको गीतले भनेझैँ, निराका लागि यस वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झकिझकाउ मञ्चमा उनलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनेछिन् ।

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मेकी निराको जीवनभर नेपाली लोकसंगीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । लोकगायक विष्णु खत्री र गायिका छन्त्यालको सहकार्यमा गत वर्ष पञ्चेबाजा गीत ‘फूल केशरी’ सार्वजनिक भएको थियो । ‘बैनीले अर्को गीत गर्नुपर्छ है दाइ भनिरहनुभएको थियो, नयाँ शैलीको दोहोरीबारे सरसल्लाहमै थियो, अब अधुरै रहने भयो,’ खत्रीले सुनाए ।उनीहरूबीच बुधबार बागलुङको भीमपोखरामा हुने माघे सङ्क्रान्ति मेलामा एउटै मञ्च साझा गर्ने तय भइसकेको थियो ।

खत्रीकै समन्वयमा निरा भीमपोखराको मेलामा जाँदै थिइन् । स्थानीय प्रगतिशील युवा क्लबले उनीहरूलाई आमन्त्रण गरेको थियो । गायिका निराको निधनले मर्माहत बन्नुभएका गायक खत्रीले भीमापोखराको उक्त मेलामा आफू पनि नजाने निधो लिएका छन् । ‘बैनीको दुःखद् घटनापछि मैले पनि त्यो मञ्चमा उक्लिएर एक्लै गीत नगाउने निर्णय गरेँ,’ गायक खत्रीले भने, ‘मैले नै सिफारिस गरेर निरा बैनी भीमापोखरा आउने योजना बनेको थियो ।’

आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समयतालिका थियो । त्यहीँबाट बागलुङको भीमापोखरा जाने कार्यक्रम थियो ।‘बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, स्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो,’ गायक खत्रीले भने, ‘त्यहीँ कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।’

प्रत्यक्ष दोहोरीको प्रवर्द्धन गरिरहेको ‘सारङ्गी संसार’ युट्युब च्यानलका सञ्चालक ताराकान्त विकले गायिका निरालाई ऊर्जाशील कलाकारका रूपमा स्मरण गरे । ‘एउटा आशलाग्दो प्रतिभा हुनुहुन्थ्यो, हँसिलो, चञ्चल, ऊर्जा पनि उस्तै,’ विकले भने, ‘मञ्चीय कार्यक्रममा दर्शक/स्रोतालाई अडाइरहन सक्ने क्षमता उहाँमा थियो ।’ ‘सारङ्गी संसार’का छवटा भागमा गायिका निरा मुख्य भूमिकामा प्रस्तुत भएकी थिइन् । प्रत्यक्ष दोहोरीमा खरो उत्रन सक्ने उनको आफ्नै युट्युब च्यानल पनि छ ।

चर्चित गायकहरूसँगको उनको दोहोरी घम्साघम्सीले युट्युबमा उल्लेख्य दर्शक पाएको छ । तीज गीत, पञ्चेबाजालगायत गीत सार्वजनिक गरेकी निरा प्रत्यक्ष दोहोरीबाट अझ बढी चिनिएको विकले बताए । ‘प्रत्यक्ष दोहोरीमा गज्जबले जम्न सक्नुहुन्थ्यो, मौलिक शब्द र बागलुङे लवज उहाँको गायनमा झल्कन्थ्यो,’ विकले भने, ‘अब त्यो सम्झनामा मात्र रहने भयो, एल्बम र युट्युबमा मात्र उहाँका गीत बाँकी रहे ।’ सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिरेकी थिइन् ।

गायनमा सफल हुँदै गएपछि उनको माग पनि बढ्दै गएको थियो । विद्यालयमा पढ्दादेखि नै नाच्नेगाउनेमा उहाँको बढी रुचि थियो, गाउँमा हुने वैशाखे पूर्णिमालगायत मेला, कार्यक्रममा सानैदेखि गीत गाउनुहुन्थ्यो ।’ छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गरेकी थिइन् । बुवा मनबहादुर र आमा लीला छन्त्यालको कोखबाट जन्मेकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ ।

Related Articles

Back to top button