गर्भवती बनाउन नसकेको भन्दै रेणुकाले गरिन् आफ्नै श्रीमानको ह’ त्या’
काठमाडौं / हालै एउटा अनौठो ह त्या भएको छ। जहाँ एक महिलाले आफ्नै पतिको च क्कु प्र हार गरी निर्मम तरिकाले ह त्या गरेकी छन् ।
भारतको राजधानी दिल्लीमा ३६ वर्षीया रेणुका शर्माले बच्चा ज न्माउन नसकेको भन्दै आफ्ना ३७ वर्षीय पति चिराग श र्माको ह त्या गरेकी छन्।
प्रहरीका अनुसार उनीहरु दुवै जना एकै क म्प नीमा काम गर्ने गर्दथे। ला मो सम यदेखि बच्चा नजम्मे पछि पति पत्नी बीच वि वाद हुँदै आ एको थियो। घ टनाप छि ह त्या आ रोपमा रेणुका वि रुद्ध प्र हरीले मु द्दा दर्ता ग रेको छ।
अन्य समाचार
काठमाडौं। आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृत्युवरण गरेकी छिन् । गम्भीर दुर्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डेड घोषित गरेपछि उनका मातापिताले उनका अंग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् । उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।
धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डेड घोषित गरियो । धनिष्ठाका पिता आशिष कुमारले समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो । जतिबेला हाम्री छोरी अस्पतालमा भर्ना थिइन् त्यतिबेला हामीले यस्ता अभिभावकहरु भेट्यौं जो आफ्ना बच्चाको ज्यान बचाउनको लागि अंग पाउने प्रतिक्षा गरिरहेका थिए ।
आशिषले अगाडि भने ‘हाम्री छोरी ब्रेन डेड भइसकेकी थिइन् । मैले डाक्टरसँग हामीले छोरीका अंग दान गर्न सक्छौं कि भनेर सोधें । डाक्टरले हामीले यस्तो गर्न सक्ने बताउनुभयो । म र मेरी पत्नीले अरु बालबालिकाको ज्यान बचाउनको लागि हाम्री छोरीलाई गाड्नुको सट्टा उनको शरीर दान गर्ने निर्णय गर्यौं । कम्तीमा हामीलाई यो कुराको सन्तुष्टि त हुन्छ कि हाम्री छोरी अब उनीहरुमा जीवित छिन् ।’
सर गंगाराम अस्पतालका अध्यक्ष डा. डीएस राणाले भने ‘मस्तिष्कबाहेक धनिष्ठाका सबै अंगले राम्रोसँग काम गरिरहेका थिए । मातापिताको मन्जुरीपछि उनको मुटु, मृगौला, कलेजो र दुवै कर्निया अस्पतालमै प्रिजर्भ गरिएका थिए । उनका दुवै मृगौला एकजना वयस्कलाई, मुटु र कलेजो दुई अलग अलग बच्चाहरुलाई दिइयो । कर्नियालाई अझै पनि सुरक्षित राखिएको छ जो दुई जनालाई दिइनेछ । यसरी धनिष्ठाले ५ जनालाई नयाँ जीवन दिएकी छिन् ।’