News

दुबई ले पठायो नेपाललाई १५० भेन्टिलेटर

काठमाडौं, जेठ १९ गते । यूएई सरकारले नेपालका लागि १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू विशेष विमानमार्फत नेपाल पठाएको छ । उक्त कुराको जानकारी यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

कोभिड–१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि यूएई सरकारले स्वास्थ्य सामग्री आज पठाएको हो । गतवर्ष अप्रिलमा पनि यूएईले नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो । यूएईमा रहेको नेपाली राजदूतावासको कूटनीतिक पहलमा यूएई सरकारले नेपाललाई उक्त स्वास्थ्य सामग्री पठाएको हो ।

यो पनि :जेठ २५ बाट लगाउन थालिने खोप, ६० देखि ६४ वर्षका प्राथमिकतामा

कठमाडौं, जेठ १९ गते । चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले भेरोसेल खोप ६० वर्षभन्दा माथिको उमेर समूहकालाई पनि दिन सक्ने निर्णय गरेको छ । साथे खाेप जेठ २५ गते बाट लगाउन थालिने भएकाे छ । 

 चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका लाई पनि  दिइने निर्णय भएको छ । साथै खोप लगाउँदा दोस्रो मात्रको पनि सुनिश्चित गरेर मात्र दिने निर्णय गरेको छ ।

Related Articles

Back to top button