EntertainmentInternationalNewsVideo

बलिउड अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली भन्न मन पराउँछिन्, बोल्छिन् यति राम्रो नेपाली (भिडियोसहित)

यिनै अभिनेत्री महिमा चौधरी आफूलाई गोर्खाली भन्न मन पराउँछिन्। नर्थ बंगाल एक्सप्रेससँगको एक भिडियो अन्तर्वार्तामा परदेश फिल्मकी अभिनेत्री महिमाले आफू सेटमा बहिनीसँग नेपाली भाषामा कुरा गर्ने गरेको बताइन्।

‘म गोर्खाली हुँ,’ महिमाले अन्तर्वार्तामा भनेकी छन्। उनले काठमाडौँमा राम्रा फरेन गुड्स पाइने भएकाले गएका बेला जिन्स, क्यामरा, भिडियो क्यामेरा किनेर ल्याएको सम्झिन्। त्यहाँको तितौरा र गुदपाक मलाई मन पर्छ,’ उनले भनिन्। उनले भनेकी छन्, ‘म फेरि नेपाल आउन चाहन्छु, मलाई नेपालमा निम्ता गर्नुस्!’ उनले उक्त सञ्चारमाध्यमले नेपाली भाषामै सोधेको प्रश्नको नेपाली भाषामै जवाफ दिएकी छन्।

महिमा चौधरीको बलिउड करियर चौपट भएको बताइएको छ । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरुवात गरेकी उनको फिल्म करियर चौपट भएको भारतीय मिडियाले जनाएको छ । फिल्ममा काम नपाएपछि जीवन धान्नकै लागि भएपनि महिमा टिभी सोमा जजको रुपमा काम गर्न थालेकी छन् ।

शाहरुखसँग फिल्म परदेशबाट फिल्म करिअर सुरु गरेकी महिमा कुनै बेला बलिउडमा मालमाल बनेकी थिइन् । तर, अहिले आफ्नो घर परिवार चलाउन महिमा टिभी रियालिटी शोमा जजका रुपमा काम गरिरहेकी छन् । सन् २००६ मा विवाह गरेकी बलिउड अभिनेत्री महिमा चौधरीले विवाह भएको केहि समय पछि नै छोरीलाई जन्म दिइन तर उनि विवाह अगाडि नै आमा बनेकी थिइन् । र चौधरीले आफूलाई गोर्खाली भन्न मन पराउँछिन् ।

Related Articles

Back to top button