News
काठमाडौंको चन्द्रागिरिमा पर्खाल भत्किदा दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिकाको पुरानो नैकाप कंकालीमा बनाइरहेको ढुंगाको वाल भत्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा अन्य दुई जना गम्भीर घाइते भएको काठमाडौँ प्रहरी प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा उदयपुर बेलुवा–८ कि ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिकाका– ९ का २० वर्षीय टेकबहादुर छेपाङ रहेका छन्।
उदयपुरको कटारीका २१ वर्षका मिलन तामाङ र धादिङको गल्छीका १८ वर्षीय हरि घले घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।