News

५ हजार ३१६ नयाँ कोरोना संक्रमित थपिए, १०१ को मृत्यु

मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १६ हजार ८७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१३ हजार ८०५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ५ हजार ३१६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २१९ संक्रमित निको भए, १०१ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार २१९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ८७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख ८८ हजार ३७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १०१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ ।

Related Articles

Back to top button