EntertainmentVideo

केही महिना अघि भिम पौडेलकै घरमा गाएर इन्द्रेणी टिमले उनकी आमासंग यसरी हाँसीहाँसी रमाइलो गरेको थियो (भिडियो सहित)

काठमाडौ – लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।केही समयदेखि विरामी गायक पौडेल घरमै आराम गरिरहेका थिए ।

उनको शुक्रवार दिउँसो पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिँदैछ । उनलाई श्रद्धाञ्जली दिन आफू लगायतका थुप्रै कलाकारहरु रामघाटमा जम्मा भएको दोहोरीगीत प्रतिष्ठानका सचिव दाहालले बताए ।केही लोकदोहोरी गीतमा स्वर दिएका पौडेल विशेषगरी लाइभ दोहोरीमा लोकप्रिय थिए । इन्द्रेणी कार्यक्रममा पुगेर उनले गाएका लाइभ दोहोरीले युट्युबमा लाखौं भ्युज पाएका छन् ।

उनले गतमहिना मात्रै आफ्नै युट्युब च्यानलमार्फत ‘रुमाल बैना’ बोलको गीत सार्वजनिक गरेका थिए ।गायक पौडेलको निधनमा थुप्रै कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । अब प्रस्तुत छ आजभन्दा केही महिना अगाडी भिम पौडेलको घरमा गएर इन्द्रेणी टिमले उनको जन्मदिने आमासंग गरिएको रमाइलो कुराकानी :

Related Articles

Back to top button