News
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसै गरी पछिल्लो घण्टामा देशभर ५,३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३,८०५ जनाको पीसीआर र ३,०७३ को एन्टीजेन परीक्षणमा ५,३१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९०३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ७,२१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ ।