Video

भिम पौडेलको निधनसंगै निराको तस्बिरलाई अँगालो हाल्दै बेहोस हुनेगरि रोईन सलिना, रोए सबै कलाकार (भिडियो सहित)

काठमाण्डौ ।

नेपाली लाइभ दोहोरीका एक होनहार गायक भीम पौडेल सधैको लागि अस्ताएका छन।दोहोरी क्षेत्रबाट सर्बाधिक माया पाएका भीम स्याङ्जा जिल्लामा जन्मिएका गायक हुन्। दोहोरी गाउँदा गाउँदै हाँसेर सबैलाई आफूतिर तान्ने फरक कला भएका भीमले सबैलाई रूहाएर गएका हुन्।

लामो समय देखि बिरामी रहेका भीम डिप्रेसनको सिकार समेत रहेको पारिवारिक श्रोतले बताएको छ।केहि समय देखि सानो सानो कुरामा पनि तनाब लिने र काम प्रति खासै चासो दिन छाडेका पौडेलले एक महिना अगाडी इन्द्रेणीको स्टुडियोमा पुगेर एउटा मात्रै दोहोरी गएका थिए।

हाल सम्म डिप्रेसनकै कारण र रगतको कमिको कारण मात्रै उनको निधन भयो या अन्य कारण पुरा खुलेको छैन तर झन्डै २ महिना देखि भीम पौडेल निकै बिरामी रहेको पारिवारिक श्रोतले बताएको छ। उनको साइलो भिनाजु राजन खत्रीकाका अनुसार २ महिना देखि राम्रो संग नखाने,एकोहोरो हुने जस्ता उनको त्यो शैलीले परिवार निकै चिन्तित रहेको थियो। भिममा देखिएको एकाएक त्यो लक्षणले चिन्तित परिवारलाई चिन्तामै छाडेर गएका छन।

भीमले सुरुवात भने रेकर्डेट गीतबाट गरेका थिए तर त्यो उनको लागि खासै फलदायी रहेन।झन्डै ८ वर्ष अगाडी देखि लाइभ दोहोरीको क्रेज एकाएक बढे संगै भीमको माग पनि उतिकै बढ्न थाल्यो ,त्यो समयमा सर्बाधिक खोजिने नाममा भीम पौडेल,बाल चन्द्र बराल ,रबिन लामिछाने हरु रहेका थिए।
उनको हाँसोलाइ लिएर धेरै रमाउने गर्दथे।

बीचमा भीम पौडेल र रबिन लामिछानेले इन्द्रेणीमा एक दोहोरी गाए जसमा दुबैले श्रीमती भगाएको कथा थियो.सो कथालाई औधि दर्शकले माया गरेका थिए त्यसको फल स्वरूप भीमको चर्चा झन् चुलियो तर भीम भने बिस्तारै लाइभ दोहोरी गाउँन छाडे।उनि संग निकट कलाकारहरुको अनुसार पौडेललाइ दोहोरी गाउँन बोलाउदा पनि म सन्चो छैन भन्दै टार्दै आएको बताउछन।

Related Articles

Back to top button