डिप्रेसनका कारण दोहोरी गायक भीम पौडेलको निधन भएको आशंका गरिएको छ । चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११:२० मा निधन भएको हो पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए ।
यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ। उनी केही समयदेखि डिप्रेसनका कारण बिरामी परेको उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि उनी केही समयदेखि बिरामी रहेको बताएका छन् । गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ।
भिडियो ”