प्रेम आचार्यको इलाम घरमा पुग्दा रुवाबासी, कलिला छोरीहरु एकोहोरो बारम्बार टोलाइरहन्छन (भिडियो सहित)
काठमाडौं । आत्मदाहको प्रयासपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले श्रीमानले मृत्युअघि फेसबुक स्टाटसमा उल्लेख गरेअनुसार नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध जाहेरी दर्ता गरेकी छन् ।
बिहीबार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पुगेर नानुकाले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएकी हुन् । स्टाटसमा प्रेमले आरोप लगाएकाहरू कसूरदार भएको दाबी गर्दै आवश्यक कानुनी कारबाहीसहित नानुकाले क्षतिपूर्तिको पनि माग गरेकी छिन् ।
जाहेरीमा काथबोर्ड इन्टरनेसनल कलेज, सान इन्टरनेसनल कलेज, सुजुकी सोरुम, इलाम सूर्योदय नगरपालिका–११ टेकबहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग कम्पनी र त्यहाँका सञ्चालक उपेन्द्र महतो एवं समताप्रसाद, गोल्यान एग्रो, अनिल बस्नेतको मेरो तरकारी डट कम, डाबर नेपाल प्रालि, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारमाथि जाहेरी दिइएको छ ।
तेस्तै उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
आज गठन गरिएको समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने छन् ।
आचार्यले आ त्म दा ह प्रयास गर्दा निधन भएका सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशिघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न समितिलाई निर्देशन दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशिघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।