News
सम्झनामा राजपरिवार : दरबार ह’त्याकाण्डको २० बर्ष पुरा
काठमाण्डौ – नेपालको इतिहासमा आज कालो दिन । राजदरबारमा विराजमान भएका राजा रानीको एकै चिहान भएको थियो ।
२०५८ जेठ १९ गते राति राजा वीरेन्द्र र उनको परिवारलाई गो लीले भुटिएको थियो । विकास वादी राजाको रुपमा सबै माझ अत्यन्तै राम्रो छिबि बनाएका वीरेन्द्रको परिवारको ह त्या भएपछि पुरै देश शोकमा डुबेको थियो ।
शाही परिवारमा भएको सो घटनाको सरकारको तर्फबाट छानबिन र घटनाको वास्तविकता सार्वजनिक गरेपनि त्यो त्यति विश्वसनीय नभएको धेरै नेपालीको गुनासो छ ।
वीरेन्द्रको परिवारको सर्वनाश भएपछि उनैका भाइ ज्ञानेन्द्रले मुकुट लगाए तर २०६२/६३ को जनमन्दोलानले उनलाई पनि दरबारबाट बिदा गर्यो ।
लोतान्त्रिक व्यवस्था आएर देशले एक दर्जन भन्दा धेरै प्रधानमन्त्री पाएपनि सो घटनाको आज सम्म पनि सत्यतथ्य छानबिन हुन सकेको छैन ।