Health

संसद भवनअगाडि आत्मदाह प्रसाय गरेका आचार्यको कीर्तिपुर अस्पतालमा निधन

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

त्यस्तै यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपुर्ण ऐक्यबद्धता जनाइदिनु होला। आन्दोलन र हिम्सा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला। सरकारलाइ झक्झकाइ रहनु होला। सम्झाइदिरहनुहोला। सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाइ मर्न नदिनुहोला। मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला। यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला।

नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ साम्साद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिस्वप्रकास शर्मा, योगेश भट्टराई, तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहार हरुलाइ बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस। यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुदाहरु यहाँहरुको दिमागमा बसिरहोस!!!
१. BUYERS PAY FIRST
२. रास्टृय उत्पादनमा VAT शून्य।
३. LAND LEASING SYSTEM
४. HIGHER THE PROFIT, LOWER THE TAX RATE
५. शिक्षित MANPOWER वैदेशिक रोजगारमा जादा श्रम स्वीकृतिको झण्झट नगराइयोस। श्रम कागज भन्दा दरिलो foreign company ले दिएको offer letter र employment contract उनिहरुसग नै हुन्छ।
६. देशका सबै पालिकाहरु र उत्पादनहरु समेटिएको “पालिका बजार” नामक national web server को बिकास।
७. बाहालमा लाएका घरहरुलाइ अनिबार्य कर। घर बाहाल लिदा घरधनिले लिने deposit money गैरकानुनी हो, त्यसको अन्त्य।
८. स्वस्थ्य, शिक्षा र सार्बजनिक यातायात सहज र सरल।
९. BANKING MORTGAGE VALUATION नितिमा परिमार्जन।
१०. बचत तथा ऋण सहकारि, FINANCE CO. र MICRO FINANCE को खारेजी।
११. गाजा खेतिलाइ बैधानिकता।
स-धन्यबाद
यहि देशको एउटा सर्बसाधरण नागरिक।
प्रेम प्रसाद आचार्य सन्तोष
सुर्योदय-११, केराबारी, इलाम, प्रदेश १ नेपाल। हाल काठमाडौ ।
म मरे पनि मेरो देश बाचिरहोस!!!!
अल बिदा!!!

Related Articles

Back to top button