News

स्याङ्जामा हेलिकप्टर पाइलट कुट्ने छ जना पक्राउ

काठमाडौं । स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलटलाई कुट।पिट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाले प्रभु एयरको हेलिकप्टर पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

माघ ५ गते दिउँसो वालिङ नगरपालिका–८ स्थित खेल मैदान चलिरहेको बेला प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो। उक्त हेलिकप्टरमा पाइलट रानेश डंगोलसहित चार जना सवार थिए।

सुरुमा कोही बिरामी लिन आएको रहेछ भनेर जारी खेल रोकिएको थियो । तर, हेलिकप्टरबाट पाइलटसहित युवाहरु झरेपछि झडप भएको थियो । हेलिकप्टरमा स्थानीय यात्रुहरु विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना सवार रहेका थिए। उनीहरूले नै जबरजस्ती पाइलटलाई खेल चलिरहेको मैदानमा हेलिकप्टर अवतरण गराएका थिए ।

Related Articles

Back to top button