International

यूएईमा हातपात गर्नेलाई १ वर्षसम्म कैद र १ लाख दिराम जरिवाना

काठमाडौँ ।

यूएई सरकारले स्वदेश तथा विदशी कामदारमाथि हातपात गर्ने रोजगारदाता कम्पनीलाई कारवाहीसँगै आर्थिक जरिमाना तिराउने प्रावधान ल्याएको छ ।

रोजगारीमा कार्यरत कर्मचारी र श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई १ वर्षसम्म कैद र १ लाख दिराम (३२ लाख नेपाली रुपैयाँँ) सम्म जरिवाना हुने व्यवस्था गरिएको न्युज एजेन्सी युएई पोष्टले जनाएको छ ।

योजनावद्ध ढंगले कामदारमाथि व्यक्तिगत वा सामूहिक दु।र्व्यवहार गरेको अवस्थामा १ वर्षसम्म कैद र १ लाख दिराम जरिवानासँगै घटनाको प्रकृत्ति हेरी दुवै सजाय हुने व्यवस्था गरिएको जनाइएको छ ।

यूएईले २०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ मा श्रमिकमाथि काम गर्न अनावश्यकरुपमा बाध्य पार्ने नियतले बल, हिंसा वा धम्कीको प्रयोग गरेमा ६ महिनाभन्दा कम अवधिका लागि थुनामा राख्ने सजाय हुने व्यवस्था गरेको छ । तर, यूएई सरकारले रोजगारदाता कम्पनी कामदारमाथि मालिक हातपात गर्ने प्रवृत्ति बढेसँग नयाँ कानुन ल्याएको हो ।

Related Articles

Back to top button