International

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा प्रमुख पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिए।

उनले भने, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।” अख्तियार स्रोतका अनुसार चुडाल भ्रष्टाचार आरोपमा पक्राउ परेका हुन् ।

अन्य समाचार / काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह, उद्धव घिमिरे, वाईपी ज्वार्चन र प्रसन्न रानालाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न निर्देशन दिइएको छ ।

प्राधिकरणले पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाको भनाइ छ ।

Related Articles

Back to top button